Logo

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं, पुस २१ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । दिउँसो साढे १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैंकका प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ ।

देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् । देउवाले २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् ।प्रधानमन्त्री पत्नी यसअघि नै दिल्ली पुगिकसेकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्