Logo

राष्ट्रियसभा सदस्यका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने



काठमाडौं, पुस २१ । राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायत छन् ।

उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध बुधबार उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आज उम्मेदवारीविरुद्ध उजुरी परे पुस २२ र २३ गते उजुरीमाथि छानबिन हुने र २४ गते उम्मेदवारीले नाम फिर्ता लिने कार्यसूची रहेको छ ।

त्यस्तै पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot