Logo

मन्त्रिपरिषदको बैठकले कस्लाई बनाउला गुप्तचर प्रमुख ?



काठमाडौं, २१ पौष । मन्त्रिपरिषदको बैठकले गुप्तचर प्रमुखको टुंगो लगाउने भएको छ । आज बस्ने बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखको टुंगो लगाउने भएको हो ।

प्रधानमन्त्री कार्यालय मातहतको राअविको प्रमुखमा यदु खरेलको बढुवा हुने बुझिएको छ । उनलाई २४ पौषबाट बढुवा हुने गरी निर्णय हुन लागेको बुझिएको छ । खरेलको कार्यकाल ९ महिनाको हुनेछ ।

खरेल राष्ट्रिय अनुसन्धान विभागका अनुभवी अधिकृत हुन् । उनलाई बनाउने प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक बनेका हुन् ।

राष्ट्रिय अनुसन्धान विभागमा ३२ वर्षे सेवावधि छ । ३२ वर्ष या ५८ वर्ष उमेरहदमध्येबाट सेवा निवृत्त हुने नियमावली छ । विगतमा ३० वर्षे उमेरहद थियो । त्यसमा संशोधन भएकाले खरेलको भाग्योदय भएको हो ।

वर्तमान प्रमुख गणेशप्रसाद अधिकारी २३ पौषबाट घर जाँदैछन् । उनको बिदाई शुक्रबार राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्