Logo

क्याट्रिना र विजयको फिल्म मेरी क्रिसमसको सुटिङ रद्द



एजेन्सी, २१ पुस । कोरोनाको पहिलो र दोस्रो लहरमा चलचित्र क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । भारतमा लगातार बढ्दै गएको कोरोना संक्रमणका कारण फेरि एकपटक फिल्मको रिलिज मिति सारिएको छ भने फिल्मको छायांकन तालिका रद्द गरीएको छ । यसैबीच साउथका सुपरस्टार विजय सेतुपति र क्याट्रिना कैफको फिल्म मेरी क्रिसमसको सुटिङ रद्द भएको छ ।

दिल्लीमा तिब्र गतिमा बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राख्दै फिल्म निर्माताहरुले दिल्लीको समयतालिकाको सुटिङ रद्द गर्ने निर्णय गरेका हुन् । गत वर्ष क्रिसमसको अवसरमा विजय सेतुपति र कट्रिना कैफको यो फिल्मको सुटिङ सुरु भएको थियो । फिल्मको पहिलो शेड्युल मुम्बईमा छायांकन गरिएको थियो । गत वर्ष क्रिसमसको अवसरमा फिल्म निर्माता तथा निर्देशक श्रीराम राघवनले आफ्नो आगामी फिल्म मेरी क्रिसमसको घोषणा गरेका थिए । फिल्ममा साउथका सुपरस्टार विजय सेतुपतिसँगै अभिनेत्री कट्रिना कैफ मुख्य भूमिकामा देखिनेछिन् ।

क्याट्रिना कैफ र विजय सेतुपतिको अभिनय रहेको यो फिल्मलाई श्रीरामले निर्देशन गर्दैछन् । टिप्स इन्डस्ट्रिज लिमिटेड, म्याचबक्स पिक्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा बनेको फिल्मलाई रमेश तौरानी र सञ्जय राउतेरेले निर्माण गरेका हुन् । फिल्म मेरी क्रिसमस २०२२ मा क्रिसमसको अवसरमा २३ डिसेम्बरमा रिलिज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot