Logo

चीनका अधिकारीमाथि आमहत्याको आरोप लगाउँदै उइगुर मुसलमानले गरे उजूरी



एजेन्सी, २१ पौष । चीनका अधिकारीहरुमाथि आमहत्या, यातना, बलात्कार र मानवताविरुद्धको अपराधको उजूरी परेको छ । टर्कीमा रहेका चिनियाँ उइगुर मुस्लिम समुदायका १९ जनाले उजूरी दर्ता गरेको अलजजिराले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय निकायले चिनियाँ अधिकारीहरुविरुद्ध कारबाहीको कदम नबढाएको भन्दै उजूरी गरिएको उल्लेख छ । सन् २०१६ यता सिन्ज्याङका मुस्लिम अल्पसंख्यक उइगुरमाथि धरपकड, जर्बजस्ती श्रम गर्न वाध्य पार्ने जस्ता कदमहरु चालिएको विषय उठ्दै आएको छ ।

चीनले यातनाका शिविरहरुबारे खण्डन गरेको थियो । उसले सबै किसिमका यातनाहरुको आरोपलाई समेत निराधार भनेको थियो ।

टर्कीमा ५० हजार चिनियाँ उइगुर बस्दै आएका छन् । उनीहरुले चीनमा रहेका आफ्ना समुदायमाथि ज्यादती भएको विषय उठाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्