Logo

देउवाले दम्भ देखाएको गगन थापाको आरोप



काठमाडौं, २१ पौष । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले दम्भ देखाएको आरोप लगाएका छन् । उनले आज शेखर कोइराला पक्षको भेलामा बोल्दै दम्भ राखेर पार्टी नचल्ने बताए ।

‘महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्ने दम्भ हो,’ थापाले भने । उनले सभापतिले सबैलाई समेटेर जानुपर्ने बताए ।

महाधिवेशनपछि देउवा सबैको सभापति भएकोले सबैलाई मिलाएर जानसक्नुपर्नेमा फरक बाटोमा हिंड्न खोजेको आरोप लगाए ।

थापाले केन्द्रीय सदस्य मनोनयन गर्दाको मापदण्ड देखि राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन प्रक्रियाको विरोध गरे । उनले संसदीय बोर्ड गठन गरेर त्यसमार्फत् उम्मेदवार चयन गर्नुपर्ने बताए ।

थापाले राष्ट्रियसभाको निर्वाचनपछि चुनावी गठबन्धन समाप्त हुने बताए । त्यसपछि काँग्रेस तीन तहको निर्वाचनमा जाँदा एक्लै जाने बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot