Logo

ओली भेट्न पौडेल बालकोट पुगेपछि…



काठमाडौं, २१ पौष । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । काँग्रेसको १४औं महाविधेशनपछि उनी सक्रिय भएका हुन् । महाधिवेशनमा उनी तटस्थ भूमिकामा थिए ।

पौडेलले महाधिवेशनपछि पहिलोपटक फरक दलका नेतालाई भेटेका छन् । त्यो पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । बालकोटमा ओलीलाई भेटेका पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् ।

काँग्रेस सत्ता गठबन्धनमा रहँदा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग पौडेलको भेटलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे गठबन्धनभित्र मतभेद छ । यसले गठबन्धन तोडिने सम्भावना पनि बढेको छ ।

पौडेलनिकट स्रोतले भने संसदको गतिरोध हटाउनेबारे कुराकानी भएको जनाएको छ । तर, पौडेलले राजनीतिमा नयाँ विकल्प र गठबन्धनबारे छलफल गरेको बुझिएको छ ।

विगतमा ओलीसँग पौडेलको सम्बन्धमा चीसोपन थियो । आजको भेटले दुई नेताबीच सम्बन्धमा सुधार भएको सन्देश गएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot