काठमाडौं, २१ पौष । प्रधानसेनापति प्रभुराम शर्मा यतिबेला भारतमा छन् । उनको मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।
शर्माको किड्नीको स्टोनको शल्यक्रिया भइसकेको छ । उनी शल्यक्रियापछि थप उपचारका लागि अस्पतालमै छन् ।
यसअघि पनि उनको किड्नीको स्टोनको शल्यक्रिया भएको थियो । समस्या बल्झिएपछि चिकित्सकको सल्लाह अनुसार भारतमा शल्यक्रियाका लागि गएका थिए ।
शर्माले उपचारका लागि भन्दै ३० पौषसम्म बिदा लिएका छन् । उनले बिदा लिंदा बालकृष्ण कार्कीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहेका छन् ।