काठमाडौं, पुस २२ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ।
भोलि शुक्रबार उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले बनाएको छ।
निर्वाचन माघ १२ गते हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ सिटको लागि ४३ जनाको उमेदवारी परेको छ।