Logo

ज्योति विकास बैंकद्वारा ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट हस्तान्तरण



काठमाडौं , २२ पुस । ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका–१ महेन्द्रशालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडानं १ का वडा सदस्य अशोक कुमार श्रेष्ठद्वारा संयुक्त रुपमा ट्राफिकलाईटको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट लगायत बैंकका विभिन्न पदाधिकारीहरु र महानगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्