Logo

सर्वोच्च अदालतमा मुद्दा व्यवस्थापन प्रणाली अबरुद्ध हुने



काठमाडौं, २२ पुस । आज सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको सेवा अबरुद्ध हुने भएको छ । सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणालीको सेवा बिहीबार अपरान्ह्र ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म अबरुद्ध हुुने भएको हो ।

अदालतले सर्भर प्रणाली अपडेट गर्नुपर्ने भएकोले सो समयमा सेवा बन्द हुने जनाएको छ । यसको साथै सर्वोच्चले अपरान्ह्र ४ बजे अगाडी नै २२ पुसको पेसीमा स्थिति जनाउने गरी व्यवस्था मिलाउन समेत निर्देशन पनि दिएको छ ।

२३ गते शुक्रबार पनि प्रणालीहरुमा केही समस्या आउनसक्ने भन्दै सर्वोच्चले धैर्यता गर्न र कसमस्या आइरहेमा सुचना प्रविधि शाखामा सम्र्पक गर्न पनि अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्