Logo

तालिवानले पसलेलाई ‘डमी’को टाउको हटाउन आदेश दिएपछि…



एजेन्सी, २२ पुस। अफगानिस्तानको हेरात प्रान्तमा ‘डमी’को टाउको हटाउन तालिवानले आदेश दिएको छ । गर्धन काटिएको डमीहरु पसलमा महिलाको कपडा प्रदर्शनका लागि राखिएका डमी हुन्। यस अघि तालिवानले महिलाको कपडा बेच्ने पसलेलाई डमीको टाउको हटाउन आदेश दिएको खबर आएको थियो। केही पसलेले डमीको टाउकोमा कालो कपडा बाँधिदिएका थिए।

तालिवान प्रशासनले पनि कपडा प्रदर्शनका लागि राखिएका डमीलाई अवैध र मूर्ति पूजाको संज्ञा दिंदै गैर स्लामिक भनेको थियो। तालिवान प्रशासनको उक्त आदेशको बारेमा सामाजिक सञ्जालमा प्रश्नहरु आइरहेका छन्। इस्लामी मुलुकमा डमी कपडा प्रदर्शन गर्न राखिएको हुने र त्यहाँ कोही पूजा गर्न नजाने उनीहरुको भनाइ छ। अफगानिस्तानमा मानवीय संकट बढिरहेको र बढ्दै गएको जनसंख्याको लागि खाना र औषधीको अभाव भइरहेको समयमा सरकार बेअर्थका काममा लागेको उनीहरुको आरोप छ।

अफ़ग़ानिस्तानका सञ्चार माध्यमले डमीको टाउको हटाउन आदेश दिएको समचार राखेका छन्। तालिवानी दोष र पुण्य विभागका प्रमुखले पुतलाको बारेमा इस्लामिक धर्म ग्रन्थमा स्लाममा हुन नहुने र यसको पूजा गरिने भएको ले डमी हटाउन दिएको आदेश उल्लंघन गर्नेलाई सजाए दिने समाचारमा बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्