Logo

चौधरीको आरोप– योगेश भट्टराईले बतास समूहलाई नियतवस जग्गा दिएका हुन् (भिडियोसहित)



काठमाडौं, २२ पुस । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले नारायणहिटी संग्रहालयको जग्गा बतास समूहलाई योगेश भट्टराईले नियतवस दिएको आरोप लगाएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो आरोप लगाउदै अहिले विज्ञप्ती निकालेर गोहिको आँशु चुहाए जस्तो गरेर जनताको आँखाको छारो हाल्नुको कुनै अर्थ नभएको बताएका हुन् ।

‘पर्यटन मन्त्री उहाँ, सम्झौता गर्ने उहाँ अनि अहिले विज्ञप्ती निकालेर हुन्छ ? जसले दिएको हो उसैलाई कारबाही गर्नपर्छ,’ उनले भने ।

साथै, उनले माओवादी केन्द्र र एकीकृत समाजवादी बिच एकता गरेर संबृद्ध कम्युनिष्ट पार्टी निर्माणमा आफुहरु लागेको बताउदै अहिलेको नेतृत्वबाट पार्टी एकता संभव रहेको दाबी गरे ।

यस्तै, उनले आगामी निर्वाचनसम्म नेकपा (एमाले)ले एक सिट पनि नजित्ने दाबी गर्दै एमालेका महासचिव शंकर पोखरेललाई आफुसँग चुनाव लड्न चुनौति दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्