Logo

एमाले रोल्पा जिल्ला कमिटी सचिव रोकाको हृदयघातबाट निधन



काठमाडौँ, २२ पुस। नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ । जिल्ला अधिवेशन तयारीमा खट्दै आएका बेला हृदयघातबाट उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।

एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले बुधबार राति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको जानकारी दिए । यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए । रोकाको निधनपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्