Logo

अष्ट्रेलियाद्वारा जोकोभिचको भिसा रद्द



एजेन्सी, २२ पुस। विश्वकै चर्चित टेनिस खेलाडीको रुपमा रहेका नोभाक जोकोभिचको भिसा अष्ट्रेलियाले रद्द गरेको छ। अष्ट्रेलियाले उनलाई विमानस्थलबाटै देश बाहिर पठाउन लागेको खबर छ । अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन मेलबर्न पुगेका जोकोभिचको अष्ट्रेलिया सरकारले भिसा नाटकीय रूपमा खारेज गरेको हो ।

मेलबर्न स्थित विमानस्थलमा उनलाई केही घण्टासम्म राखेपछि सीमा बलले उनलाई देश निकाला गरिने घोषणा गरेका थिए । जोकोभिचले आफ्नो खोपको स्थितिको बारेमा बोलेका छैनन्, तर गत वर्ष उनले खोपको विरोध गरेका थिए । जोकोभिचले भने खोप छुट पाएर अष्ट्रेलिया ओपन म्याच खेल्न पाएको बताएका थिए । तर, बुधबार उनी दुबईबाट मेलबर्न आएपछि समस्या देखिएको हो ।

अष्ट्रेलियाली सीमा बलले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि ‘जोकोभिक अष्ट्रेलिया प्रवेश गर्न आवश्यक कुराहरू पूरा गर्न उपयुक्त प्रमाणहरू प्रदान गर्न असफल भए, र त्यसपछि उनको भिसा रद्द गरिएको छ।’ ‘प्रवेशमा वैध भिसा नराख्ने वा भिसा रद्द भएका गैर-नागरिकहरूलाई अष्ट्रेलियाबाट हिरासतमा लिइनेछ र देशबाट निकाले छ,’ सीमा बलले भनेको विषयलाई उदृत गर्दै सीएनएनले लेखेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्