Logo

२४ घन्टाभित्र शुल्कबारे रिपोर्ट पेश गर्न शिक्षा मन्त्री पौडेलको निर्देशन



काठमाडौं, २२ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजलाई २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् । आज विद्यार्थीहरुको गुनासो बारे यथार्थ बुझ्न कलेज पुगेका मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर शुल्क बारे भोलिसम्म रिपोर्ट दिन कलेजलाई निर्देशन दिएका हुुन् ।

पौडेलले विद्यार्थीहरुले कलेजले अतिरिक्त शुल्क मागेको बारेमा प्रशासनसँग कुरा गरेका थिए । कलेज प्रशासनले भने विश्वविद्यालयले लिएको रकम मात्र मागेको जवाफ दिएको थियो । मन्त्री पौडेलले तोकिएको भन्दा बढी शुल्क लिएमा कारवाही गर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot