काठमाडौं, २२ पुष । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा हुने भनिएको ‘टेन्थ भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको छ। गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएको भारतीय सञ्चारमाध्यम एनआईले उल्लेख गरेको छ ।
यता, प्रधानमन्त्री देउवा भने उक्त सम्मेलनमा सहभागी हुन जाने तयारी भैसकेको थियो । अब सम्मेलन स्थगित् भएपछि प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित् हुनसक्ने बुझिएको छ ।
#Omicron: Gujarat Govt postpones 10th Vibrant Gujarat Global Summit to be held from January 10 to January 12
— ANI (@ANI) January 6, 2022