Logo

‘ए’ डिभिजन लिगः आठौं चरणका खेल भोलीबाट, मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध



काठमाडौं, २२ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खेलाडीहरुले मैदानमा मोबाइल ल्याउन नपाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी लिगमा खेलाडी र अफिसियललाई मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध लगाएको हो ।

एन्फाले मुख्य प्रशिक्षक र टिम म्यानेजरबाहेक अन्य अफिसियल र खेलाडीलाई खेल स्थलमा मोबाइल ल्याउन प्रतिबन्ध लगाएको जनाएको छ ।

जारी लिगको आठौं चरणका खेलबाट उक्त नियम लागु हुनेछ ।

आठौं चरणका खेल भोली (शुक्रबार)बाट हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्