Logo

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, यी स्थानमा सतर्कता अपनाउन आग्रह



काठमाडौं, २२ पुस । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान विभागले जनाएको छ ।

त्यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी, पौष २३ गते (शुक्रबार) दिउँसो प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । त्यस्तै, प्रदेश १ र २ का एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।
विभागको अनुसार शुक्रबार राति प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक–दुई स्थानमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

पौष २४ गते (शनिबार) दिउँसो देशभर सामान्य बदली हुने भएको छ । देशका केही स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, शनिबार राति देशभर सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिँदै सुरक्षित र सतर्क रहन समेत विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्