Logo

सत्ता गठबन्धनको संयन्त्र प्रदेशमा पनि बन्ने



काठमाडौं, २२ पौष । सत्ता गठबन्धनको राजनीतिक संयन्त्र प्रदेशमा पनि बन्ने भएको छ । आज बसेको संयन्त्रको बैठकले राष्ट्रिय सभा निर्वाचनलाई दृष्टिगत गरी प्रदेश तहमा पनि संयन्त्र बनाउने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनको राजनीतिक संयन्त्र सातवटै प्रदेशमा बनाउने निर्णय भएको बताए । उनले राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनेबारे समेत अपिल गर्ने निर्णय भएको जानकारी दिए ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । उनले सदनको अवरोध हटाउन आफूले पहल गरेको समेत खुलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot