Logo

ओलीले ७७ वटै जिल्ला अधिवेशनलाई भोलि सम्बोधन गर्ने



काठमाडौं, २२ पुस : । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले  पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।

ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उदघाटन हुन लागेको हो । file photo

 



प्रतिक्रिया दिनुहोस्