Logo

प्रचण्डले कार्यकर्तासँग प्रत्यक्ष भेटघाट बन्द गरे



काठमाडौँ, २२ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता–कार्यकर्तासँगको भेटघाट बन्द गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेका हुन् ।

माओवादी केन्द्रीय कार्यालयका केही नेता र कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रचण्डको सचिवालयले भौतिक रुपमा हुने भेटघाट र बधाई ज्ञापनको कार्यक्रम स्थगित गरिएको जनाएको छ । माओवादी केन्द्रीय कार्यालयका लेखा प्रमुखसहित ६ जनालाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

प्रचण्डको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्