Logo

यी हुन् मन्त्रिपरिषद्को बैठकका निर्णयहरु



काठमाडौं, २२ पुस । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा झापाका सुरेन्द्र बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्तासमेत रहेका संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटा जिल्लाका सिडियोहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको जानकारी दिए ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई बढ्वा गर्ने निर्णय, एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने लगायतका १४ वटा महत्वपुर्ण निर्णय गरेको छ ।

 

 

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्