Logo

शेयर बजारमा आज उच्च अंकको बृद्धि, कारोबार भने बढेन



काठमाडौं, २२ पुस । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से आज ४३ दशमलव २९ अंकले बढेर परिसुचक २६ सय ९२ दशमलव ४७ विन्दु कायम भएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव १६ अंकले बृद्धि भएर ५०६ दशमलव १६ बिन्दु पुगेको हो । नेप्सेमा आज २३८ कम्पनीको ४८ हजार १६१ पटक कारोबार भएर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot