Logo

अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल



गलकोट, २२ पुस: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् ।सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।

सहकारीको रकम उत्पानदनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायत क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पु¥याउन सकिने जानकारी दिए । उनले प्रदेश सरकारले सहकारीलाई रचनात्मक ढङ्गले सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्