Logo

सुरक्षा संयन्त्रको बैठक सम्पन्न, के निर्णय भयो ?



काठमाडौं, २२ पुस । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बिहीबार सुरक्षा संयन्त्रको बैठक सम्पन्न भएको छ ।

आज बसेको बैठकमा समसामयिक सुरक्षा चुनौतिको विषय, राष्ट्रिय सभाको निर्वाचनको सुरक्षा तयारीकोे विषय, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था तथा केही दुई देशका सुरक्षाको विषयमा छलफल भएको गृहमन्त्रालयको सहसचिव प्रदीप कुमार कोइराला जानकारी दिए ।

‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतिका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो,’ प्रवक्ता कोइरालाले भने ।

त्यस्तै, बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आशन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे अध्यावधिक छलफल भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्धिपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनु पर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका थिए ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौला, प्रवक्ता कोइरालालगायतको सहभागिता थियो ।

बैठकमा गृहमन्त्री खाणले अवकाश पाएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख अधिकारीलाई बिदाई गरेका थिए । गृहमन्त्री खाणले नवनियुक्त राष्ट्रिय अनुसन्धान विभागका प्रमुख खरेललाई बधाई दिए ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्