Logo

इटालीबाट भारतका लागि उडेको विमानका १२५ यात्रुमा कोरोना संक्रमण



एजेन्सी, २२ पुस। इटालीबाट भारतको अमृतसारका लागि उडेको विमानका १२५ यात्रुमा कोरोना संक्रमण पुष्टि भएको छ । अमृतसार विमानस्थलमा गरिएको परीक्षणमा विमानमा रहेका जम्मा १७९ यात्रुमध्ये १२५ जनामा कोभिड पोजिटिभ देखिएको विमानस्थलका निर्देशक भीके सेठलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।भारतका सम्पूर्ण विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड परीक्षण गर्ने गरिएको छ ।

भारतले पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका विभिन्न देशको पहिचान गरी ती देशबाट आएका यात्रुलाई विशेष रुपमा परीक्षण गर्ने गरेको भएपनि त्यो लिस्टमा इटाली भने परेको थिएन ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्