Logo

पीएम कपको खेल तालिकाको सार्वजनिक, उद्घाटन खेलमा आर्मी र कर्णाली भिड्ने



काठमाडौं, २२ पुस । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज (बिहीबार) पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार पीएम कप पुस २६ गतेबाट माघ ५ गतेसम्म संचालन हुनेछ ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल पुस २६ गते टियु क्रिकेट मैदानमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot