Logo

काजिस्तिानमा रुसी फौज पस्यो



एजेन्सी, २२ पौष । काजिस्तिानमा दुई सुरक्षाकर्मीको टाउको छिनालिएको छ । प्रदर्शनका क्रममा हिंसा बढ्दै जाँदा यस्तो घटना भएको हो ।

प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा भिडन्तहरु भएका छन् । ठूलो संख्यामा प्रदर्शनकारी मारिएका छन् ।

सोभियत संघबाट स्वतन्त्र भएको ३० वर्षपछि काजिकिस्तानमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको हो । इन्धनको मूल्य बढेपछि काजिकिस्तानमा सरकारविरोधी प्रदर्शनहरु भएको हो ।

हिंसा भड्किएपछि काजिकिस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले संकटकाल घोषणा गरेका छन् । उनले रुसको सहयोग मागेका छन् । रुसले फौज काजिकिस्तान पठाइसकेको छ ।

रुसलाई सुरक्षाफौज पठाउन काजिकिस्तानका राष्ट्रपतिले नै आग्रह गरेपछि यूरोपेली युनीयनले त्यहाँको सार्वभौमिकताको सम्मान गर्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस्