Logo

संसद् सचारु गराउन प्रधानमन्त्री देउवाले पहल लिने, ओली भेट्न बालकोट जाने



काठमाडौं, २३ पुष । सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संसदलाई सुचारू गराउन पहल गर्ने निर्णय गरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरूद्ध संसदलाई सुचारू गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो र त्यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न जानेबारे पनि छलफल भएको छ ।

यसअघि पनि प्रधानमन्त्री देउवाकै आग्रहमा नेता पौडेलले ओलीसँग भेटवार्ता गरिसकेका छन् । त्यस्तै, आजको समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot