Logo

धर्मको मुद्दा उठाउँदै नयाँ पार्टी खोल्दै



काठमाडौं, २३ पौष । विवेकशील साझा पार्टीले धर्म र राजसंस्थाको मुद्दालाई समेटेर तरंग नै ल्यायो । रवीन्द्र मिश्र आक्रामक रुपमा प्रस्तुत हुँदै हिन्दु धर्मको मुद्दा उठाए । यसले विवेकशील फुट्यो ।

पछिल्लो समय पूर्व डिआइजी रमेश खरेल पनि नयाँ पार्टी दर्ता गरेर बढेका छन् । नेपाल सुशासन पार्टीले सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गरेको छैन । तर, यो दलले पनि धर्मको मुद्दालाई प्राथमिकतामा राख्ने बुझिएको छ । खरेलको पार्टीले हिन्दु धर्मको एजेन्डालाई नै बढाउने भएको छ ।

पत्रकार देवप्रकाश त्रिपाठीको एकीकृत शक्ति नेपाल गठन गरिसकेका छन् । यो दलले हिन्दू धर्म सापेक्ष र राजसंस्थालाई एजेन्डाका रुपमा अगाडि सारेको छ ।

यसरी नयाँ दलहरु धमाधम बन्दै धर्मको मुद्दा उठाउन थालेका छन् । पछिल्लो समय निर्माण भएका दलहरुले धर्मको मुद्दालाई मुख्य बनाउनु अर्थपूर्ण छ । पछिल्लो समय धर्मको मुद्दाले राजनीतिमा जर्बजस्त प्रवेश पाउन थालेपछि यस्ता दलहरु खुल्न थालेका छन् ।

कतिपय दलहरु भविष्यमा एकजुट हुने गरी बढ्ने सम्भावना पनि बढेको छ । कतिपय दलले धर्म र राजसंस्थालाई अलग राखेर एजेन्डा सार्ने बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्