Logo

सर्वेन्द्र खनाल नयाँ दल खोल्दै



काठमाडौं, २३ पौष । पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने भएका छन् । उनी नयाँ दल खोल्ने तयारीका लागि सक्रिय भएका छन् ।

खनालले आफूनिकटस्थहरुसँग नयाँ दल दर्ताको तयारीका लागि छलफल बढाएको बुझिएको छ । यसका लागि उनी तनहुँ, नवलपरासी, चितवन, बारा, पर्सा, धनुषालगायतका जिल्लाहरुमा पुगेको बुझिएको छ ।

नयाँ दलको नाम लगभग जुरिसकेको बुझिएको छ । नयाँ दलमा को को रहने भन्नेबारे पनि उनले टुंगो लगाउने क्रममा भेटघाट तिव्र पारेको विश्वस्त स्रोतले बताएको छ ।

खनाललाई नेकपा एमालेले पनि भित्राउन प्रयास गरिरहेको बुझिएको छ । तर, एमालेमा नजाने निर्णयमा पुगेर नयाँ दल खोल्न लागेका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot