Logo

लेनदेनको कुरा नमिलेर होटलमा आगो लगाउने दुई जना पक्राउ



सिरहा, २३ पुस । सिरहाको एक होटलमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–१० बस्ने ३० वर्षीय गुञ्जेश्वर साहले छप्रारीमा सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा आगो लगाएको अभियोगमा लक्ष्मी बराल र धिरज कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा पेट्रोल छर्की आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै उक्त घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot