वीरगञ्ज, २३ पुस । वीरगञ्जमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको २५ नमुना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । पछिल्लो समय भेटिएको कोरोना भाइरसको भेरियन्ट पत्ता लगाउन २५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाएको नारायणी अस्पताल जनाएको छ ।
अस्पतालको अनुसार पीसीआर परीक्षण गर्दा पोजेटिभ आएका ११ र एन्टिजेन पोजेटिभ आएका १४ गरी २५ नमुना काठमाडौं पठाइएको हो ।
जिन सिक्वेन्सिङ गरेपछि कोरोना संक्रमण गराउने भाइरसको किसिम पत्ता लाग्छ । वीरगञ्जमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । कयस जाँचबाट नेपालमा ओमिक्रोन भित्रिएको छ वा छैन् पत्ता लाग्ने भएको छ ।