Logo

ओलीलाई मनाउन देउवा बालकोट जाने



काठमाडौं, २३ पौष । नेकपा एमाले प्रतिनिधिसभाको अवरोध हटाउन मानेको छैन । संसदले बिजनेश नपाउँदा अर्को संकट आउने अवस्था बनेको छ । एमालेलाई मनाउन सत्ता गठबन्धनले सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई पटक पटक बालकोट पठाइसकेका छन् । यसै हप्ता काँग्रेस नेता रामचन्द्र पौडेल पनि बालकोट पुगे । संसदको गतिरोध हटाउनेबारे कुरा गरे । तर, ओली मानेनन् ।

ओलीले माधव नेपालसहित १४ सांसदको पद रिक्त गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस्नुपर्ने अडान लिएका छन् । सापकोटालाई हटाउनुपर्ने सम्मको शर्त राखेका छन् ।

संसदको अवरोधले एमसीसीको विषय अझै अगाडि बढ्न सकेको छैन । त्यसमा पनि ओलीको शर्त छ ।

अब ओलीलाई मनाउन देउवा आफै बालकोट जाने भएका छन् । विश्वस्त स्रोतका अनुसार आज या भोलि देउवा बालकोट पुग्नेछन् । दुई नेताबीच संसदको अवरोध हटाउने, एमसीसी अगाडि बढाउनेलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

ओलीले एमसीसीबारे पहिले गठबन्धनको धारणा आउनुपर्ने भनिरहेका छन् । गठबन्धनको धारणा आएपछि उनी आवश्यक कदम चाल्ने पक्षमा देखिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्