Logo

भारतको क्वारेन्टिनबाट १३ जना फरार



एजेन्सी, २३ पुस। इटालीबाट भारत पुगेका कम्तीमा १३ यात्रु क्वारेन्टिनबाट भागेका छन् । भारतको अम्रितसार पुगेपछि कोभिड संक्रमण पोजिटिभ देखिएका १३ यात्रु क्वारेन्टिनबाट भागेका हुन् ।

करिब १६० यात्रु बोकेको चार्टर विमान इटालीको मिलानबाट भारतको अम्रितसार भ्रमणका लागि उडेको थियो । उक्त विमानमार्फत बुधबार अम्रितसार पुगेका १६० मध्ये सोहि साँझ करिब १२५ यात्रुमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । संक्रमितमध्ये १३ यात्रु भागेको बीबीसीले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्