Logo

काजिक राष्ट्रपतिद्वारा प्रदर्शनकारीलाई गोली हान्ने आदेश



एजेन्सी, २३ पौष । काजिकिस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिएका छन् । उनले शुक्रबार टेलिभिजन सन्देशमार्फत् सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि विना चेतावनी गोली हान्न आदेश दिएका हुन् ।

टोकायभले प्रदर्शन ध्वस्त पारिने चेतावनी समेत दिए । अवरोधहरुलाई बलपूर्वक नियन्त्रणमा लिएर स्थिरता कायम गरिने बताए ।

प्रदर्शनकारीले हिंसात्मक तरिकाले सुरक्षाकर्मीको हत्या गर्न थालेपछि काजक राष्ट्रपति टोकायभको पछिल्लो भनाई आएको हो । सुरक्षाकर्मीको शिरछेदन सम्मका घटना भएका छन् । प्रदर्शनकारीहरुले अत्याधुनिक हतियार समेत प्रयोग गरेर सुरक्षाकर्मीमाथि आक्रमण गरिरहेका छन् ।

टोकायभको अनुरोधमा रुसले आफ्नो सुरक्षाफौज काजकिस्तान पठाएको छ । यूरोपेली देशहरुले रुसको कदमको आलोचना गरेका छन् ।

काजिकिस्तान पूर्व सोभियत गणराज्य हो । त्यहाँ रुसको प्रभाव बढी छ । इन्धनको मूल्यवृद्धिमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएको हो । यसलाई काजिकिस्तानमा गृहयुद्ध मच्चाउने खेलको रुपमा समेत लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्