Logo

एकै व्यक्तिले ८ पटक कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि…



एजेन्सी, २३ पौष । यी ब्रम्हदेउ मण्डल हुन् । यीनी ६५ वर्षका भए ।

भारतको विहार राज्यका यी व्यक्तिले ८ पटक कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसके । उनी आफैले ११ पटक भ्याक्सिन लगाएको बताएका छन् । यसले उनलाई अझ शक्तिशाली बनाएको दाबी गरे ।

सेवानिवृत्त हुलाक मण्डललाई गत हप्ता थप कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन खोज्दा रोकियो । उनले धेरैपटक भ्याक्सिन लगाइसकेको जानकारी पाएपछि रोकिएको हो । मण्डलले ४ फरक स्थानबाट ८ पटक कोरोनाविरुद्धको भ्याक्सिन लगाएको अधिकारीहरुले बताएका छन् ।

मण्डलले एकै दिन आधा घन्टाको फरकमा पनि दुईपटक भ्याक्सिन लगाएको खुलेको छ । उक्त रेकर्ड पछि मात्र थाहाभएको हो ।

मण्डलले यति धेरैपटक भ्याक्सिन लगाएपनि उनको स्वास्थ्यमा कुनै असर नपरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्