Logo

एफए कपमा सिटीको सहज जित



काठमाडौं, २४ पुस । एफए कप फुटबलमा म्यानचेस्टर सिटीले स्विनडोन टाउनमाथि सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा सिटीले स्विनडोन टाउनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १४औं मिनेटमा बेर्नार्डो सिल्भा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

गाब्रियल जिससले खेलको २८औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

५९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै टिमको अग्रता ३–० को बनाएका थिए ।

साथै, ८४औं मिनेटमा स्विनडोनका ह्यारी म्याककिर्डेले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएका थिए ।

खेलको ८२औं मिनेटमा कोल पाल्मरले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्