काठमाडौं, २४ पुष । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिगमनकारीहरु आफ्नै सत्यानाथ नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने ईतिहासबाट बुझ्न आग्रह गरेका छन् । पछिल्लो समय संसद् सुचारुको विषयमा प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको पहल भैरहेको बेला भट्टराईको यस्तो टिप्पणी आएको हो।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्–’ळोकतन्त्रका दुइ खम्बा व्यवस्थापिका र न्यायपालिकालाई ध्वस्त पारेर अन्तत: संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी छ भन्ने नभुलौं।प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझौं। प्रतिगमनकारीसंग झुक्ने हैन लड्ने हिम्मत गरौं!’