Logo

देउवाजीले बम्पर उपहार पाउनुभयो : त्रिपाठी (भिडिओसहित)



काठमाडौं, २४ पुष । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफूहरुले एक्कासी दल नखोलेको बरु यसको लागि दुई÷तीन वर्षदेखि प्रयास गरेको स्पष्ट पारेका छन् । उनले आफूहरुले दलको अभाव भएकोले नयाँ दल नखोलेको पनि स्पष्ट पारे ।

उनले नेपालका ठूला दलहरुले हालै महाधिवेशन गरेको तर ती पार्टीमा विचारको बहस नभएको जिकिर गरे । उनले वामपन्थीहरु मिल्न नसक्दा कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आएको बताए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्ने बम्पर उपहार प्राप्त भएको सुनाए । उनले अदालतको हालत नाजुक अवस्थामा रहेको टिप्पणी गरे । उनले अहिले राज्यका तीन वटै अंग चलायमान नभएको गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्