Logo

भारतमा थप १ लाख ४१ हजार भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, २४ पुस। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ४१ हजार ९८६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा संक्रमणले २८५ जनाको मृत्यु भएको छ । त्यस्तै, ४० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ४ लाख ६६ हजार ३११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी महाराष्ट्र राज्यमा ४० हजार ९२५ केस देखिएका छन् । बंगालमा १८ हजार २१३ र दिल्लीमा १७ हजार ३३५ संक्रमित देखिएका छन् । राजधानी दिल्लीमा शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । यो दौरानमा सर्वसाधारणलाई घरबाट बाहिर निस्कन अनुमति छैन ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्