Logo

ऋषि धमला ‘विनायक सिद्ध कलेज पत्रकारिता अभिनन्दन २०७८’ बाट सम्मानित



काठमाडौं, २४ पुष । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष तथा प्राइम टिभीका अध्यक्ष ऋषि धमला ‘विनायक सिद्ध कलेज पत्रकारिता अभिनन्दन २०७८’ बाट सम्मानित भएका छन् । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर पत्रकार धमलालाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

धमलालाई प्रदान गरिएको अभिनन्द–पत्रमा लेखिएको छ,‘नेपाली खोजमूलक पत्रकारिताको क्षेत्रमा यहाँले विगत तीन दशकदेखि अनवरत रुपमा तन, मन र कर्मले अतुलनीय योगदान पुर्याउँदै आउनुभएको छ । नेपालको प्रजातन्त्र र लोकतन्त्र स्थापनाका निम्ति पत्रकारिताको अग्रस्थानमा रहेर गर्नुभएको योगदान अविस्मरणीय । आफ्नो जीवनको अत्यन्त महत्वपूर्ण समयमा पत्रकारिताको उन्नयनमा यहाँले पुर्याउनुभएको योगदान स्तुत्य छ । अतः पत्रकारिताको उन्नती, विकास र समृद्धिमा खोजमूलक पत्रकारिताको योगदानलाई उच्च सममान गर्दै ‘विनायक सिद्ध कलेज पत्रकारिता अभिनन्दन २०७८’ यहाँलाई प्रदान गरिएको छ ।’

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापा प्रमुख अतिथि रहेको कार्यक्रममा दिईएको सम्मानपत्रमा थप भनिएको छ–‘भविष्यमा पनि यहाँबाट समाज र राष्ट्रका निम्ति विशिष्ट योगदान रहिरहनेछ भन्ने अपेक्षाकासाथ यहाँको सुस्वास्थ्य, दीर्घजीवन तथा उत्तरोत्तर प्रगतिको कामनासहित यो अभिनन्दन पत्र अर्पण गर्दछौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot