Logo

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित



अर्घाखाँची, २४ पुस : नेकपा (एमाले) अर्घाखाँचीको सन्धिखर्कमा जारी अधिवेशनले पदाधिकारीहरू सहित जिल्ला कमिटीको टुंगो सर्वसम्मत रूपमा लगाएको छ ।  नेतृत्वसहित जिल्ला कमिटीले चयनको लागि भएको लामो रस्साकस्सीपछि पीताम्बर भुसालको नेतृत्वमा ९० सदस्यीय नयाँ कार्यसमितिको टुंगो लागेको हो ।

जसको उपाध्यक्षमा  ईश्वरा पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी लगायत निर्विरोध चयन भएका छन् । यद्यपि यो समाचार तयार पार्दासम्म निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन । अधिवेशनको शुक्रबार एमाले केन्द्रीय सचिव टोप बहादुर रायमाझीले उद्घाटन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्