Logo

अवस्था हेरेर थप कडाइ गर्ने तयारीमा उपत्यकाका सिडिओहरु



काठमाडौं, २५ पुस । नेपालमा पनि पछिल्ला केही दिनयता फेरी कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमितको संख्या बढ्दै जान थाले पछि सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना भाइरस नियन्त्रणको लागि थप कडाइ गर्ने तयारीमा लागेका छन् ।

सिसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू अगाडी बढ्ने बताइरहेका छन् । कोरोना संक्रमणको अवस्थाबारे एक/दुई दिनभित्रै उपत्यकाभित्रका सिडिओहरू बैठक बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot