Logo

८० वर्षीया महिलाको शव फेला



गुल्मी, २५ पुस । गुल्मीमा एक वृद्ध महिलाको शव फेला परेको छ । धुर्कोट गाउँपालिका–१ नयाँगाउँ बस्ने ८० वर्षीया गौथली रिजालको शव ठूलाखोला भिरको गोरेटो बाटोबाट करिब १ सय मिटर तल मृत फेला परेको प्रहरीले जनाएको छ ।

शनिवार मृत फेला परेकी बृद्धाको भिरबाट लडेर मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्