Logo

पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ को मृत्यु



एजेन्सी, २५ पुस। पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातमा परि कठ्याङ्ग्रिएर कम्तीमा २१ जनाको मृत्यु भएको अल्जजीराले उल्लेख गरेको छ ।पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हाइपोथर्मियाबाट उनीहरुको मृत्यु भएको जनाइएको छ।

हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अल्जजीराले लेखेको छ । सेनाले सडकहरू खाली गर्ने प्रयास गरिरहेको छ भने मुरीको पहाडी शहर नजिकै फसेका मानिसहरूलाई उद्धार गरिरहेको छ । इस्लामाबाद–मुरी राष्ट्रिय राजमार्गलाई बन्द गर्दै सो आसपासका जिल्लामा आपतकाल घोषणा गरिएको छ ।

आन्तरिकमन्त्री शेख रसिदका अनुसार हिमपातका कारण करिब १ हजार सवारी साधन राजमार्गमा फसेका थिए । राजधानी इस्लामावादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीमा थुप्रै पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हालैका दिनहरूमा असामान्य रूपमा भारी हिमपात हेर्न १ लाख भन्दा बढी कारहरू मुरी प्रवेश गरेका थिए ।-Photo Source: Aljajeera



प्रतिक्रिया दिनुहोस्

Screenshot