Logo

पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतङ्ककारी मारिए



क्वेटा [पाकिस्तान], २५ पुस: पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर-टेररिज्म डिपार्टमेन्ट (CTD) को कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिबन्धित संगठनका छ जना कथित आतङ्ककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाहानमा मारिएको एआरवाई न्यूजले सीटीडीलाई आइतबार एक विज्ञप्तिमा उद्धृत गर्दै जनाएको छ। आतङ्ककारी लुकेको ठाउँबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ । कथित आतङ्कवादी पक्राउ गर्नेलाई पाकिस्तानी रुपैयाँ २० लाख इनाम रकम थियो यसअघि शनिबार पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीसँगको गोली हानाहानमा दुई आतङ्कवादी मारिएका थिए।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot