काठमाडौँ, २५ पुस। नेपाल आयल निगमले रिक्त रहेको कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको छ । तीन वर्षे कार्यकाल पुरा गरी सुरेन्द्र पौडेल गत बिहीबारदेखि निगमबाट बाहिरिएसँगै पद रिक्त हुने भएको हो । कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना प्रकाशित गरेर नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
कार्यकारी निर्देशकका लागि प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको कार्यअनुभव हुनुपर्नेछ ।-File Photo