Logo

सहमति विपरित कक्षा सञ्चालन गरेको भन्दै नोबेल मेडिकल कलेजमा तोडफोड



विराटनगर, २५ पुस । विराटनगरस्थित् नोबेल मेडिकल कलेजका विद्यार्थीहरु आज पनि तोडफोड उत्रेका छन्। कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नगराई थोरै विद्यार्थीलाई मात्रै कक्षामा राखेर पढाई सुरू गरेपछि आइतबार विद्यार्थीहरु थप तोडफोडमा उत्रेका हुन् ।

तोडफोडको क्रममा केही विद्यार्थीहरु घाइतेसमेत भएका छन्। विवाद नसकिएसम्म कक्षा सञ्चालन नगर्ने सहमतिविपरीत नोबेलले कक्षा सञ्चालन गरेपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीसँगै कलेज गएका विद्यार्थी संगठनका नेताहरूले कलेज तोडफोड गरेका हुन्। अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ।

गत बिहीबार कलेजले स्थानीय प्रशासनसँग कुनै अतिरिक्त शुल्क नलिने र विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेपनि कक्षा सञ्चालन गरेर सहमति तोडेको विद्यार्थीहरुको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्